काठमाडौं– पूर्वअर्थमन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाले आलु र प्याजमा लाग्ने करले बजार मूल्य बढाउने बताएका छन्।
आगामी मौद्रिक नीतिबारे नेपाल व्यवस्थापन संघले बिहीबार आयोजना गरेको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। आफूले प्याजमा कर नबढाएको स्मरण गर्दै उनले आलु र प्याजमा कर लगाउन नहुने बताए।
उनले बैंकलाई पूँजी नबढाउन सुझाव दिए। स्प्रेड दर ४ प्रतिशतभन्दा नघटाउन उनको सुझाव थियो। पिकनिक खाएपछि आराम गर्नुपर्ने भन्दै उनले आनन्दले व्यवसाय बढाउन सुझाव दिए। राष्ट्र बैंकलाई सेयर बजारको चिन्ता हुने गरेको भन्दै अब घर जग्गामा पनि ध्यान दिन सुझाव दिए।
बैंक र व्यवसायी छुट्टिन चाहे संस्थापक बाहिरिन खोजे १० प्रतिशत घटाउनु पर्ने उनले बताए। निक्षेपको ब्याज एकल अंकमा राख्न र स्प्रेडदर ४ प्रतिशत भन्दा नघटाउन उनको सुझाव छ। डा. खतिवडाले रि–फाइनान्सको रकम बढाउन सुझाव दिए। उनले सहकारीको जिम्मा राष्ट्र बैंकलाई नलिन सुझाव दिए।
बचत तथा ऋण सहकारी सहितको नियमन गर्न दोस्रो तहको नियामक ल्याउनुपर्ने भन्दै उनले सीआरआर नचलाउन, सीडी पनि नचलाउन सुझाव दिए। उनले सस्तो लोकप्रियताका लागि काम नगर्न आग्रह गरे।
सेयर बजारमा ५ वटा निकायको चिन्ता रहेको र समाधानको उपाय नभएको डा। खतिवडाले बताए। उनले आफ्नो घरको समस्या समाधान नगरी अरुको घरको समस्या समाधानमा नलाग्न सुझाव दिए।