मैत्रीपूर्ण खेल : नेपाल फिलिपिन्ससँग पराजित - Chaitanya News
  • 2026-06-06
  • 13:50:05
  • शनिबार,जेठ २३, २०८३
  • मैत्रीपूर्ण खेल : नेपाल फिलिपिन्ससँग पराजित

    मैत्रीपूर्ण खेल : नेपाल फिलिपिन्ससँग पराजित

    काठमाडौँ — नेपालले मनिलामा बिहीबार भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा फिलिपिन्ससँग १–० को हार बेहोरेको छ । खेलको एकमात्र निर्णायक गोल दोस्रो हाफको ४९ औं मिनेटमा ज्याभिएर गायोसाले गरे।

    मनिलाको रिजल मेमोरियल स्टेडियममा भएको खेलमा नेपालले केही आक्रमण बुने पनि त्यसलाई निर्णायक मोड दिन सकेन। नेपालको मुख्य प्रशिक्षकका भिन्सेन्जो अल्बर्टो एनिस आएयता टिमको यो पहिलो हार हो।

    नेपाल भारतको बेंगलोरमा हुने साफ च्याम्पियसिप–२०२३ को तयारीका क्रममा मनिला पुगेको हो। अब नेपाल शुक्रबार भारत जानेछ। नेपाल प्रतियोगिताको समूह ए मा रहेको छ र त्यस समूहमा डिफेन्डिङ च्याम्पियन भारतसँगै पाकिस्तान र कुवेत रहेका छन्।