काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस अन्तिमतिर आएको छ। जिल्ला अदालत काठमाडौंमा बिहीबार अभियुक्त पक्षको तर्फबाट बहस सकिएको छ।
अभियुक्तका तर्फबाट बहस हुनुअघि सरकारी वलिकले मुद्दाको पक्षबाट बहस गरेका थिए। अब सरकारी वकिलले जवाफी बहस गरेपछि अदालतले अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछ।
जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासमा बहस भइरहेको छ। यो प्ररकणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत ३० जनालाई अभियुक्त बनाई जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच कसुरमा मुद्दा दायर गरेको छ। यो प्रकरणका १८ जना अभियुक्त पक्राउ परेका छन् भने १२ जना अझै फरार छन्।