सरकारको संरक्षणमा रहेका दलालहरुले नै महिलाहरुलाई बेचिरहेको चित्रबहादुर केसीको आरोप - Chaitanya News
  • 2026-11-16
  • 07:10:29
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारको संरक्षणमा रहेका दलालहरुले नै महिलाहरुलाई बेचिरहेको चित्रबहादुर केसीको आरोप

    सरकारको संरक्षणमा रहेका दलालहरुले नै महिलाहरुलाई बेचिरहेको चित्रबहादुर केसीको आरोप

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद चित्रबहादुर केसीले सरकारको संरक्षणमा रहेका दलालहरुले नै महिलाहरुलाई बेचिरहेको आरोप लगाएका छन्। आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले अरबको खाडीमा नरकीय जीवन विताइरहेका नारीहरुलाई यही सरकारको संरक्षणमा रहेका दलालहरुले बेचेको उनको आरोप छ। महिला मन्त्रालयको बजेटको संरचना नै महिलाको हितमा नरहेको उनले बताए। यस आधारमा छुट्याइएको बजेटका बारेमा छलफल गर्नुको औचित्य नरहेको उनले बताए।

    ‘जहाँ पनि महिला दोस्रो श्रेणीकै नागरिक छन्। संसद्मा भन्नुस्, क्याविनेटमा भन्नुस्, प्रदेश, स्थानीय निकायमा महिलाहरुको कहाँ त्यस्तो उचित सम्मान छ ?भन्नुस् त। दोस्रो श्रेणीका नागरिक छन्। महत्वपूर्ण पदमा पुरुष नै छन्। उनले भने, ‘कहाँ महिलाको पालो आउँछ र? अझ लाजमर्दो कुरा के छ भने म त अरबको खाडीमा पनि गएर हेरेको छु, महिलाहरु भेटेको छु। नी नरकीय जीवन विताएका दिदी बहिनीहरुलाई यही सरकारले संरक्षण गरेका दलालले बेचिरहेका छन्।