नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त - Chaitanya News
  • 2026-11-16
  • 06:56:29
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

    नेपाल सरकारको मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

    काठमाडौं- सरकारले डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

    बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

    आज बिहान मात्रै शंकरदास वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएकोमा वैरागीको राजीनामा स्वीकृत गर्दै सरकारले अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय छ।

    यस्तै सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागी नियुक्त गरेको छ।