आक्रोशित उजुरीकर्ता : सांसदहरु भ्रष्ट छन् भन्ने थाहा थियो तर यतिसम्म अनैतिक छन् भन्ने थाहा थिएन - Chaitanya News
  • 2026-11-18
  • 08:11:46
  • बुधबार,मंसिर ०३, २०८३
  • आक्रोशित उजुरीकर्ता : सांसदहरु भ्रष्ट छन् भन्ने थाहा थियो तर यतिसम्म अनैतिक छन् भन्ने थाहा थिएन

    आक्रोशित उजुरीकर्ता : सांसदहरु भ्रष्ट छन् भन्ने थाहा थियो तर यतिसम्म अनैतिक छन् भन्ने थाहा थिएन

    काठमाडौँ– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुले सुनुवाइ समितिको वैधता र मोडालिटीमाथि छलफल गर्न बोलाएर उजुरीबारे सोधपुछ गरेपछि छलफल बहिष्कार गरेका छन्।

    सुनुवाइ गर्ने तयारीमा रहेको संसदीय सुनुवाइ समितिको गठनमा वैधता कायम गर्न भनी १५ जनाले बुधबार निवेदन दिएका थिए। निवेदन दिएकाहरुलाई समिति सचिवालयले बोलाएर उजुरीबारे छलफल गर्न खोज्दा निवेदनकर्ताहरु छलफलबाट बाहिरिएका हुन्।

    समिति गठनको वैधता र मोडालिटीबारे छलफल गर्न बोलाएर उजुरीबारे सोधेको भन्दै उनीहरु आक्रोशित हुँदै बाहिरिएका हुन्। उजुरीकर्ता वरिष्ठ अधिवक्ता ध्रुवलाल प्रधानले सांसद र नेता भ्रष्ट छन् भन्ने पहिले थाहा भएको तर यतिसम्म अनैतिक र जालसाजीपूर्ण छन् भन्ने थाहा नभएको बताए।

    बुधबार बिहान ११ बजे सुनुवाइ हुने भनी बसेको बैठकमा उजुरीकर्ताले सुनुवाइ समिति नै अवैध भएको भन्दै यसको वैधता कायम गरेर मात्र सुनुवाइ प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका थिए।

    तिनै उजुरीकर्ताहरुले संसदीय सुनुवाइ समितिको वैधता कायम गर्न भन्दै नाराबाजी गरेपछि समिति सचिवालयले छलफल आह्वान गरेको थियो। तर उक्त छलफलको शैलीको विरोध गर्दै निवेदनकर्ताहरु बाहिरिएका हुन्।