बेटिङ र क्रिप्टो कारोबारमा संलग्न पाँचजना पक्राउ - Chaitanya News
  • 2026-11-18
  • 08:11:51
  • बुधबार,मंसिर ०३, २०८३
  • बेटिङ र क्रिप्टो कारोबारमा संलग्न पाँचजना पक्राउ

    बेटिङ र क्रिप्टो कारोबारमा संलग्न पाँचजना पक्राउ

    काठमाडौं– प्रहरीले बेटिङ र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ। वान एक्स वेटबाट बेटिङमा संलग्न पाँचजनालाई काठमाडौं उपत्यका अपराध कार्यालयको टोलीले पक्राउ गरेको हो।

    काठमाडौंका विभिन्न ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुले करिब ७४ करोड रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ। पक्राउ पर्नेमा दिनेश खड्का, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछाने र अनिता धिताल छन्।