आफूलाई अपमान गरिएको भन्दै शास्त्रीय नृत्यांगना सीता सुवेदीले दिइन् आयोजकविरुद्ध प्रहरीमा उजुरी - Chaitanya News
  • 2026-11-18
  • 08:12:06
  • बुधबार,मंसिर ०३, २०८३
  • आफूलाई अपमान गरिएको भन्दै शास्त्रीय नृत्यांगना सीता सुवेदीले दिइन् आयोजकविरुद्ध प्रहरीमा उजुरी

    आफूलाई अपमान गरिएको भन्दै शास्त्रीय नृत्यांगना सीता सुवेदीले दिइन् आयोजकविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं– गत साता काठमाडौंमा आयोजना गरिएको क्याप्टिभेटिङ क्रियसन अवार्ड नामक भारतीय कार्यक्रममा आफूलाई अपमान गरिएको भन्दै शास्त्रीय नृत्यांगना सीता सुवेदीले आयोजकविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

    आयोजकले आफूलाई कार्यक्रममा प्रस्तुति दिने र सम्मान गर्ने भनेर औपचारिक रुपमै बोलाए पनि प्रतिबद्धताअनुसार त्यसो नगरी अपमान गरेकाले कारवाहीको माग गर्दै उनले दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिएकी हुन्।

    कलाकार सुवेदीले घटनाबारे फेसबुकमा समेत उल्लेख गरेकी छन्। ‘प्रस्तुतिका लागि पटकपटक अगाडि बोलाएर प्रस्तुति दिने अवसर नदिएर जुन किसिमको अपमान गरिएको छ। यो सम्पूर्ण कलाकारप्रति र कलाप्रतिको अपमान हो यस्तो मानहानी गरिएको अवस्थाप्रति कार्यक्रम आयोजक सम्पूर्ण टिम तथा सुभाष प्रधानप्रति मेरो आपत्तिपूर्ण अभिव्यक्ति छ,’ उनले लेखेकी छन्।

    बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ। कलाकार सुवेदी एक खुट्टाले नृत्य गर्ने गर्छिन्।