महेश दाहालमाथि कालोमोसो दल्नेमा नेविसंघ सहभागी छैन : अध्यक्ष दुजाङ - Chaitanya News
  • 2026-11-16
  • 06:26:27
  • सोमबार,मंसिर ०१, २०८३
  • महेश दाहालमाथि कालोमोसो दल्नेमा नेविसंघ सहभागी छैन : अध्यक्ष दुजाङ

    महेश दाहालमाथि कालोमोसो दल्नेमा नेविसंघ सहभागी छैन : अध्यक्ष दुजाङ

    काठमाडौं– नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि भएको दुर्व्यवहारको जिम्मेवारी नलिने बताएका छन्।

    पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको आधिकारिक समिति नरहेको जिकिर गर्दै घटनामा संगठनको कुनै संलग्नता नभएको दाबी गरेका छन्।

    ‘कालोमोसो दलेको विषयमा नेविसंघलाई जोडेर विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेसण भएकोमा गम्भीर ध्यानकर्षण भएको छ। पूर्वाञ्चल विश्वविद्यालयमा नेविसंघको आधिकारिक समिति नभएको जानकारी गराउँदै उक्त घटनामा नेविसंघको कुनै संलग्नता छैन। साथै यस्ता अमानवीय क्रियाकलापमा सहभागीलाई नेविसंघले संरक्षण नगर्ने र त्यस्ता कार्यमा सहभागी आफै जिम्मेवारी हुने कुरा अवगत गर्दछौं’, मंगरबार जारी विज्ञप्तिमा उल्लेख छ।

    प्रमुख दाहालमाथि नेविसंघका झण्डा बोकेका व्यक्तिहरूले सोमबार कालोमोसो दलेका थिए। सो घटनाको चौतर्फी विरोध भएपछि नेविसंघले विज्ञप्ति निकालेको हो। घटनाको छानविनका लागि नेविसंघले दिनेश शाहीको नेतृत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ।