माइतीघर मण्डलामा एक पुरुषले गरे आत्मदाहको प्रयास - Chaitanya News
  • 2026-11-18
  • 07:53:16
  • बुधबार,मंसिर ०३, २०८३
  • माइतीघर मण्डलामा एक पुरुषले गरे आत्मदाहको प्रयास

    माइतीघर मण्डलामा एक पुरुषले गरे आत्मदाहको प्रयास

    काठमाडौं– काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

    मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन्। आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको छ।

    आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।आत्मदाहको प्रयास गर्ने पुरुषको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।