नेपालले यूएईलाई २७७ रनको लक्ष्य दियो - Chaitanya News
  • 2026-06-06
  • 13:51:29
  • शनिबार,जेठ २३, २०८३
  • नेपालले यूएईलाई २७७ रनको लक्ष्य दियो

    नेपालले यूएईलाई २७७ रनको लक्ष्य दियो

    काठमाडौं– आईसीसी एक दिवसिय विश्वकप छनोटको ‘वार्मअप’ खेलमा नेपालले यूएईलाई २ सय ७७ रनको लक्ष्य दिएको छ। हरारेमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २७६ रन बनाएको हो।

    जिम्बावे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो। तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपाले दुई अभ्यास खेल खेलेको थियो। दुवै अभ्यास खेलमा पराजित नेपालले मंगलबार भने ब्याटिङमा सुधार गरेको छ।

    दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो। विश्व कप छनोट प्रतियोगिताको समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्।

    समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन्। यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ। दुवै समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन्।