काठमाडौं– पूर्वी नवलपरासी — पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले नेपाल स्वाधिन मुलक नरहेको दाबी गरेका छन्। तर उनले देशको स्वाधिनता कसबाट र कसरी खोसिएको भन्नेबारे विस्तृत खुलाएका छैनन्।
उपचारपछि यसअघि अन्य अस्पतालहरूको उपचार पद्दति तथा व्यवहारको सन्दर्भ जोड्दै नेपाल स्वाधिन नरहेको बताएका हुन्।
मैले नियमित १२ थरि औषधि खान्थें, यहाँ उपचार गराउन थालेको १३ दिनमै मेरो सबै रिपोर्ट सकारात्मक आयो। आजबाट एकथरि मात्रै औषधि सेवन गरे हुने भयो। यो मेरो जीवनको चमत्कार हो। यहाँ बिना औषधि, शरीरमा माटो दल्ने, प्राकृतिक र नियन्त्रित खानपान र ध्यान योग विधि अनुशरण गर्दा पूर्ण निको भएको छु, महराले भने, मैले धेरै देशमा उपचार गराएको थिएँ। यहाँको जस्तो अद्भुत सफलता कहीँ मिलेको थिएन। मान्छे प्राकृतिक हो। यहाँ प्राकृतिक बिधिबाट मात्र (बिना औषधि) उपचार हुँदो रहेछ। शरीरमा जुनसुकै प्रकारका रोग देखिए पनि यहाँ आउन सल्लाह दिन्छु।
उनले देशका आम अस्पतालको उपचार विधि तथा स्वास्थ्य सुविधामा राज्यको उदाशिनताप्रति लक्षित गर्दै यस्तो बताएका थिए। यस क्रममा नेता महराले स्वास्थ्यमा आत्मनिर्भर बन्नुपर्ने संकेत गरेका थिए।
ुराजनीतिलाई नजिकबाट हेरेको छु, हामी स्वाधिन मुलकमा छैनौं। अहिले यति भनौं, हामी स्वाधिन मुलुकमा छैनौं, उनले भने। दुई सातादेखि पूर्वी नवलपरासीको रजहरस्थित प्राकृतिक चिकित्सालयमा उपचार गराएका पूर्वसभामुख महराले मंगलबार डिस्चार्ज हुनुअघि पत्रकारसँग यस्तो प्रतिक्रिया दिएका हुन्।
राजनीतिक भेटघाट र कार्यक्रमबाट टाढा रहेर महराले पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा उपचार गराएर मंगलबार डिस्चार्ज्ड भएका हुन्।
चिकित्सालयमा करिब २ साताको बसाइका क्रममा आफूमा अद्भुत अराम मिलेको र विभिन्न देशमा यसअघि गरेको उपचारभन्दा यहाँको उपचारले धेरै रोग छोटो समयमै निको भएको उनले सुनाए।
चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले महराले चिकित्सालयको नियम पूर्ण रुपमा पालना गरेकाले छोटो अवधिमा धेरै रोग निको भएको बताए। डा.पौडेलका अनुसार उनले अन्य आम बिरामीहरू झैं यहाँको नियम पालना गरेका थिए।
१० बिघामा फैलिएको सामुदायिक प्राकृतिक चिकित्सालय समुदायबाट संचालित छ। नेता महराले भने यो अस्पतालको उपचार पद्दति निकै उपयोगी हुने बताएका थिए। साथै यसलाई सरकारीकरण वा निजीकरण गर्नुको सट्टा सरकारकै सहयोगमा समुदायले नै संचालन गर्नुपर्ने बताए।