काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन्।
मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन्।
अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ।
तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन। अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले यस विषयमा केही बोल्न चाहेनन्।