अहिले नदिएकाले पनि कांग्रेसलाई भोट दिने गरी काम गर्नुपर्छ : महामन्त्री थापा - Chaitanya News
  • 2026-11-16
  • 06:38:52
  • सोमबार,मंसिर ०१, २०८३
  • अहिले नदिएकाले पनि कांग्रेसलाई भोट दिने गरी काम गर्नुपर्छ : महामन्त्री थापा

    अहिले नदिएकाले पनि कांग्रेसलाई भोट दिने गरी काम गर्नुपर्छ : महामन्त्री थापा

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले भोट नहालेको मान्छेले पनि अर्कोपटक भोट हाल्ने गरी काम गर्न जननिर्वाचित प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

    २०८४ सालको चुनावका कांग्रेसले पारदर्शी ढंगले उम्मेदवार छान्ने समेत उनले बताएका छन्।

    मकवानपुर क्षेत्र नम्बर २ को अधिवेशनलाई सोमवार सम्बोधन गर्दै महामन्त्री थापाले केन्द्रदेखि पालिकासम्म कांग्रेस सरकारमा रहेको भन्दै जनताको विश्वास जित्नेगरी काम गर्न आग्रह गरेका हुन्।

    ‘अबको साढे ४ वर्षमा यसरी काम गरौं कि अहिले भोट नहालेको मान्छेलाई पनि कांग्रेसलाई भोट हालौंहालौं भन्ने लागोस्,’ थापाले भने।

    महामन्त्री थापाले कांग्रेसको सरकार मात्र नभई पार्टीको संगठन पनि जनतासँग जोडिनुपर्ने बताएका हुन्।

    ‘२०८४ को स्थानीय चुनावभन्दा ६ महिनाअगावै कांग्रेसले वडाअध्यक्षको उम्मेदवार वडाकै कार्यकर्ताहरूबाट छान्छ, प्रदेशको उम्मेदवार प्रदेश र प्रतिनिधिसभाको उम्मेदवार निर्वाचन क्षेत्रका कार्यकर्ताले छान्ने व्यवस्था गर्छौं,’ थापाले भने, ‘अहिलेसम्म कांग्रेसको गुट होइन, गिरोहबाट चलिरहेको थियो, गिरोहले पत्याए टिकट पाउने नपाए टिकट नपाउने। यो प्रथा अन्त्य गर्नुपर्छ।