स्वर्गद्वारीबाट फर्किएको जिप खस्दा ८ जनाको मृत्यु - Chaitanya News
  • 2026-11-16
  • 06:16:55
  • सोमबार,मंसिर ०१, २०८३
  • स्वर्गद्वारीबाट फर्किएको जिप खस्दा ८ जनाको मृत्यु

    स्वर्गद्वारीबाट फर्किएको जिप खस्दा ८ जनाको मृत्यु

    दाङ– प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्किएकाहरु चढेको जीप दुर्घटना हुँदा ठूलो हताहती भएको छ।

    १ च ६३४५ नम्बरको जीप दुर्घटना हुँदा त्यसमा चढेका चालकसहित ८ जना यात्रुमध्ये अधिकांशको अवस्था एकदमै गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

    ‘हताहती ठूलो छ, ठ्याक्कै विवरण दिन अहिले सक्दैनौँ,’ प्रहरीले भन्यो।

    घटनास्थल पुगेका पत्रकार जीवन हमालका अनुसार गाडी चालक लमही नगरपालिका ५ का तारा कुमाल थिए।

    घटनामा २ जना महिला, २ जना पुरुष र ४ जना बालबालिका परेका छन्।