काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन दलहरुबीच केही मतभेद हुनसक्ने बताएका छन्। सत्ता गठबन्धन लोकतान्त्रिक र प्रगतिशिल भएको जिकिर गरे।
समाजवादी प्रेस संगठन नेपाल नवनिर्वाचित कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै सत्ता बाहिरको गठबन्धनमा संघीयता समाप्त पार्न खोज्ने र संविधानविरोधीहरु रहेको टिप्पणी गरे।
उनले भने, ‘कमीकमजोरी हुन्छन्, हामी त्यसको आलोचना गछौं। कमीकजोरीप्रति आँखा चिम्लिने होइन। त्यसैमा बग्ने पनि होइन। समर्थन गर्ने पनि होइन। लतारिने पनि होइन। एकता र संघर्ष दुवै चलिरहन्छन्।’