काठमाडौं– नेकपा एमालेका सांसद ठाकुर गैरेले अर्थमन्त्रीले संसदमा दिउँसै रात पार्ने काम गरेको आरोप लगाएका छन्।
बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि आफ्नो भनाइ राख्दै १७ प्रतिशत भएको पुँजीगत खर्चलाई २७ प्रतिशत भनेर दिउँसै रात पारेको बताए।
सांसद गैरेले भने– ‘अर्थमन्त्रीज्यूले यो प्रतिपक्षको काम नै राम्रो कुरा भए पनि विरोध गर्ने नै हो भनेर एक प्रकारको उपहास गर्नु भएको छ। म दुःख व्यक्त गर्न चाहन्छु। हामी त्यो उद्देश्यका साथ यहाँ छैनौं। २७ प्रतिशत पुँजीगत खर्च भएको छ भनेर भन्नु भयो। १७ प्रतिशत भएको खर्चलाई २७ प्रतिशत भनेर दिउँसै रात पार्ने काम भयो। यस्तो काम गरिमामय सदनमा नगर्नु होला। पाल्पा जिल्ला यो देशमा पर्छ कि पर्दैन भन्न चाहन्छु। अत्यन्त हेपिएको छ।