प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना - Chaitanya News
  • 2026-07-16
  • 12:33:21
  • बिहिबार,आषाढ ३२, २०८३
  • प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना

    प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना

    काठमाडौं– प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

    नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ।

    सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो।

    यो रोग निकै कम मानिसमा देखिने गर्दछ। यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ। यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन्। ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ।