कार्यालय समयमा टिकटक बनाउने निजामती कर्मचारीलाई कारवाही गरिने - Chaitanya News
  • 2026-11-18
  • 07:36:49
  • बुधबार,मंसिर ०३, २०८३
  • कार्यालय समयमा टिकटक बनाउने निजामती कर्मचारीलाई कारवाही गरिने

    कार्यालय समयमा टिकटक बनाउने निजामती कर्मचारीलाई कारवाही गरिने

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय समयमा टिकटक बनाउने कर्मचारीलाई कारबाही गर्ने भएको छ। जेठ १९ गते गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोग सम्बन्धमा कर्मचारीका लागि सात बुँदे निर्देशन जारी गरेसँगै मन्त्रालयले कार्यालय समयमा टिकटक बनाउन रोक लगाएको हो।

    मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कमलप्रसाद भट्टराईले कार्यालय समयमा कार्यालयको पोशाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको जानकारी दिए।

    उनले भने, ‘कार्यालयसँग सम्बन्धित कामबारे टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं। यदि कुनै निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ।’

    पछिल्लो समय निजामती कर्मचारीले आफ्नो पदको गाम्भीर्यता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृङ्खल भिडियोहरु पोष्ट गर्ने गरेको गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।