गौर हत्याकाण्डसम्बन्धी रिट निवेदनमा आज पनि भएन सुनुवाइ - Chaitanya News
  • 2026-11-16
  • 06:23:41
  • सोमबार,मंसिर ०१, २०८३
  • गौर हत्याकाण्डसम्बन्धी रिट निवेदनमा आज पनि भएन सुनुवाइ

    गौर हत्याकाण्डसम्बन्धी रिट निवेदनमा आज पनि भएन सुनुवाइ

    काठमाडौं– सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ भएन। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन नसकेको हो। जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए।

    उक्त रिट निवेदनमाथि सुनुवाइका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो। तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।