संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-11-16
  • 06:24:06
  • सोमबार,मंसिर ०१, २०८३
  • संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

    संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

    काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्धका उजुरीको अध्ययन गर्नेछ।

    कार्कीविरुद्ध सुनुवाइ समितिमा २९ वटा उजुरी परेका छन्। आजको बैठकमा प्राप्त उजुरीबारे समितिका सदस्यहरूलाई जानकारी गराइने छ।

    समितिको जेठ १६ गतेको बैठकले कार्कीविरुद्ध उजुरीका लागि जेठ २६ गतेसम्मको समय दिएको थियो।

    उजुरीबारे प्रारम्भिक छलफलपछि समितिले उजुरीकर्तालाई बोलाउने छ। त्यसपछि कार्कीसँग बयान हुनेछ। कार्कीको बयान पछि सिफारिस सदर वा बदर गर्ने भन्नेबारे समितिले निर्णय लिने छ।

    गत वैशाख २५ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।