साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ - Chaitanya News
  • 2026-06-06
  • 13:51:29
  • शनिबार,जेठ २३, २०८३
  • साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ

    साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स जाने नेपाल टिमको बिदाइ

    काठमाडौं– आसन्न १४औं साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाल टिमलाई बिदाइ गरिएको छ।

    अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलगायतले बिदाइ गरे।

    सोमबार फिलिपिन्सको जाने नेपाली टोली ३२ जेठमा हुने मैत्रीपूर्ण खेलपछि उतैबाट भारतको बैंगलुरु जानेछ। जहाँ मध्यपूर्वका लेवनान र कुवेतसहितको सहभागितामा साफ च्याम्पियनसिप आयोजना हुँदैछ।

    शनिबारसम्म शहीद स्मारक ए डिभिजन लिग सञ्चालनमा रहेका कारण नेपालले एकीकृत अभ्यास र तयारी आइतबारदेखि मात्र सुरु गरेको हो।

    यद्यपी लिग नभएको समयमा गरिएको रणनीतिक तयारीका आधारमा प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले गत साता २३ सदस्यीय टिम घोषणा गरेका थिए।

    अघिल्लो संस्करणको उपविजेता टिम नेपालका लागि यसपल्ट कठिन समूहमा सोही नतिजालाई दोहोर्‍याउन चुनौति हुनेछ। नेपाल रहेको समूह ए मा भारत, कुवेत र पाकिस्तान छन्।

    नेपालले पहिलो खेल कुवेतसँग ६ असार, दोस्रो खेल ९ असारमा आयोजक भारत र समूहको अन्तिम खेल १२ असारमा पाकिस्तानसँग खेल्नेछ।

    प्रतियोगिताको समूह बी मा लेवनान, भुटान, माल्दिभ्स र बंगलादेश छन्।

    नेपाल टिम

    गोलरक्षक : किरणकुमार लिम्बु ९कप्तान०, दीप कार्की र विशाल श्रेष्ठ

    डिफेण्डर : विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सीमान्त थापा

    मिडफिल्डर : पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने।

    फरवार्ड स् आयुश घलान, दीपकराज सिंह ठकुरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्तीमगर।