चौधरीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक - Chaitanya News
  • 2026-05-24
  • 22:56:04
  • आइतबार,जेठ १०, २०८३
  • चौधरीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक

    चौधरीको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक

    काठमाडौं– टीकापुर नरसंहारमा तीनै तहका अदालतबाट दोषी ठहर भई राष्ट्रपतिबाट माफी मिनाहा पाएर जेलमुक्त भएका रेशम चौधरीको स्वरमा रहेको गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ।

    टिकटकमा अत्यधिक रुचाइएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’मा चौधरीसँगै आभा मुकारुङको स्वर मिसाएकी छन्। गीतको संगीत तथा सिर्जना चौधरी आफैँले गरेका हुन् भने शब्द रामचन्द्र बोगटीले लेखेका हुन्। यो गीत २०५८ सालमा रेकर्ड भएको थियो।

    पुरानै गीतमा सागर क्षेत्रीले म्युजिक भिडियोको निर्देशन गरेका छन्। श्याम लामाले खिचेको भिडियोलाई टेकेन्द्र शाहले काटेका हुन्। कुमार कार्कीको निर्माणमा तयार भएको भिडियोमा थारु समुदायको रहनसहन र कलासंस्कृतिलाई देखाइएको छ।

    राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठ लगायतले अभिनय गरेको भिडियोमा सविना भण्डारी र दिनेश एसकेले कोरियाग्राफी गरेका छन्।