ए डिभिजन लिग : खुमलटार पहिलो सिजनमै रेलिगेसनमा - Chaitanya News
  • 2026-06-06
  • 13:52:10
  • शनिबार,जेठ २३, २०८३
  • ए डिभिजन लिग : खुमलटार पहिलो सिजनमै रेलिगेसनमा

    ए डिभिजन लिग : खुमलटार पहिलो सिजनमै रेलिगेसनमा

    काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा बढुवा भएकै सिजनमा एफसी खुमलटार रेलिगेसनमा परेको छ।

    आज आफ्नो अन्तिम खेलमा लिग विजेता चर्च ब्वाइजसँग २–० ले पराजित हुँदै खुमलटार रेलिगेसनमा परेको हो।

    गत सिजन यी दुई क्लव बी डिभिजनबाट बढुवा भएका थिए। जसमा चर्च ब्वाइजले उपाधि जित्यो भने खुमलटार पुछारमा रहँदै रेलिगेसनमा परेको हो।