कांग्रेस जनताबाट टाढिएको छ : शेखर कोइराला - Chaitanya News
  • 2026-11-16
  • 05:36:28
  • आइतबार,कार्तिक ३०, २०८३
  • कांग्रेस जनताबाट टाढिएको छ : शेखर कोइराला

    कांग्रेस जनताबाट टाढिएको छ : शेखर कोइराला

    काठमाडौं– सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनताबाट टाढिएको बताएका छन्।

    शुक्रबार चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले अन्य सार्वजनिक संस्थाको जस्तै कांग्रेसको पनि किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने दिन आएको बताए। उनले जनतासँग जोडिने कार्यक्रम आवश्यक भएको बताए।

    “हाम्रासामु चुनौतीको चाङ छन्। पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले हाम्रा चुनौती र अवसरलाई स्पष्ट गरिदिएको छ,” कोइरालाले भने, “हामी यतिबेला जनतासँग टाढिएका छौँ। यो दुःखद् कुरा हो। जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो।

    नेता कोइरालाले पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न नसके पार्टीले औचित्य गुमाउने बताए।

    हाम्रो संस्था नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनीतिक पार्टी हो। यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन,” उनले भने, “तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ।

    नेता कोइरालाले इतिहासमै पार्टी गम्भीर मोडमा उभिएको भन्दै विगतमा भएका कमजोरीबाट पाठ सिक्दै नेपाली जनताको सुनौलो भविष्य निर्माणमा अग्रसर हुनुको विकल्प नभएको बताए।