उपत्यका बाहिर जाने बस नयाँ बसपार्कबाट छुट्नुपर्ने व्यवस्था अव्यवहारिक : माधव सापकोटा - Chaitanya News
  • 2026-11-16
  • 05:29:02
  • आइतबार,कार्तिक ३०, २०८३
  • उपत्यका बाहिर जाने बस नयाँ बसपार्कबाट छुट्नुपर्ने व्यवस्था अव्यवहारिक : माधव सापकोटा

    उपत्यका बाहिर जाने बस नयाँ बसपार्कबाट छुट्नुपर्ने व्यवस्था अव्यवहारिक : माधव सापकोटा

    काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले असार १ गतेदेखि गंगबुस्थित बसपार्कबाट मात्रै यात्रुबाहक बस छुट्ने व्यवस्था अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन्।

    शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रु बस नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्था अव्यवहारिक रहेको बताए।

    जडिबुटीमा आएका बस गंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्था अन्त्यगरी जडिबुटी बसपार्क यथासक्य सम्पन्नगरी सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरपालिकाको उनले ध्यानाकर्षण गराए।

    ‘हालै काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रु बसले आगामी असार १ गतेदेखि गंगबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ,उनले भने, टिकट काट्न पनि त्यहीँ पुग्नुपर्ने नियम झनै अव्यवहारिक छ। जडिबुटीमा आएका बस गंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्थाको अन्त्यगरी जडिबुटी बसपार्क यथाशक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउँछु।