राष्ट्रपति पौडेलसँग स्विस राजदूतको शिष्टाचार बिदाइ भेट - Chaitanya News
  • 2026-11-16
  • 05:29:42
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रपति पौडेलसँग स्विस राजदूतको शिष्टाचार बिदाइ भेट

    राष्ट्रपति पौडेलसँग स्विस राजदूतको शिष्टाचार बिदाइ भेट

    काठमाडौं– नेपालका लागि स्विटजरल्यान्डका राजदूत एलिजावेज भोन क्यापलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेका छन्।

    राजदूत क्याप्लरले शुक्रबार राष्ट्रपति कार्यालयमा बिदाई भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

    भेटमा नेपाल र स्वीट्जरल्यान्डबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले बताएको छ।