राज्यको प्राथमिकता पर्दैन भने नेपाली चलचित्र क्षेत्र बन्द गर्दिए हुन्छ : नवल खड्का - Chaitanya News
  • 2026-05-24
  • 22:56:10
  • आइतबार,जेठ १०, २०८३
  • राज्यको प्राथमिकता पर्दैन भने नेपाली चलचित्र क्षेत्र बन्द गर्दिए हुन्छ : नवल खड्का

    राज्यको प्राथमिकता पर्दैन भने नेपाली चलचित्र क्षेत्र बन्द गर्दिए हुन्छ : नवल खड्का

    काठमाडौँ– चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्र राज्यको प्राथमिकता पर्दैन भने बन्द गर्दिए हुने बताए। सरकारले सबै क्षेत्रलाई बजेट दिएपनि फिल्म क्षेत्रलाई उपेक्षा गरेको उनको धारणा रहेको थियो।

    ‘कि राज्यले नेपाली फिल्म क्षेत्र आवश्यक छ भनेर बजेट दिनुपर्‍यो’, खड्काले भने, ‘कहिल्यै सहयोग नगर्ने हो भने बन्द गर्नुपर्‍यो।’

    ‘नेपाली चलचित्र क्षेत्रले नेपाली कलासंस्कृतिको प्रवर्द्धन गर्न पनि भन्ने तर केही सहयोग नगर्ने यो क्रियाकलापले अव चल्दैन’ खड्काले थपे।

    काभ्रेको भकुन्डेबेसीमा शुक्रबार र शनिबार आयोजना हुने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को बिहीबार आयोजित प्रि इभेन्ट कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले राज्यले फिल्म क्षेत्रको माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिए।

    अहिले हामी विभिन्न तह र तक्कामा पुगेर माग सम्बोधनका लागि पहल गरिरहेका छौ’, निरौलाले भने, ‘अझै केही हुन्छ भन्ने लागेको छ, भएन भने कडा आन्दोलन गर्छौ।’

    उनले आन्दोलक स्वरुप भने खुलाएनन्।