सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुन्छ : सचिव डा. रेग्मी - Chaitanya News
  • 2026-11-16
  • 08:19:23
  • सोमबार,मंसिर ०१, २०८३
  • सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुन्छ : सचिव डा. रेग्मी

    सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुन्छ : सचिव डा. रेग्मी

    काठमाडौं- सहकारी क्षेत्रलाई थप व्यवस्थापन गर्न र यसलाई उद्यमशीलतासँग जोडेर सामाजिक आर्थिक प्रभाव विस्तार गर्न अब सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।

    भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभाग र राष्ट्रिय सहकारी महासंघका पदाधिकारीबीचको छलफलले सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्न अवश्यक गृहकार्य गर्ने क्रममा सो कुरा बताइएको हो।

    भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अभियानलाई थप व्यवस्थित बनाउन अव सहकारीका मूल्य मान्यता राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास र यसका विविध आयामबारे स्नातकोत्तर कक्षा सञ्चालन गरिने र आगामी दिनहरूमा क्रमश: यो कोर्ष उत्तीर्ण गरेका व्यक्तिहरूमात्र सहकारी संस्थाका सञ्चालक र कर्मचारी बन्न पाइने व्यवस्था मिलाइने कुरा बताएका छन्। यसले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पुग्ने र सहकारी क्षेत्र उद्यमशीलता तथा रोजगारीसँग जोडिने कुरा बताए।

    अब शीघ्र सरोकारवालाहरुसंग थप छलफल गरि यसलाई आवश्यक प्रक्रियामा लगिने कुरा उलने बताए। त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभागका प्रमुख भवानी आचार्यले सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि आवश्यक पाठ्यक्रम तयार भइसकेको र यो कक्षा सञ्चालन गर्न त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभाग तत्पर रहेको बताए।

    भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहकारी महाशाखा प्रमुख निराजन घिमिरेले सहकारी विषयको कक्षा सञ्चालनले सहकारी क्षेत्रलाइ थप आकर्षण बनाउन सकिने बताए।

    राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा सुब्बाले सहकारी अभियानलाई सफल बनाउन सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम आवश्यक रहेको र यस विषयमा त्रिभुवन विश्व विद्यालय व्यवस्थापन विभागको तत्परता प्रशंसनीय रहेको वताइन्। यसमा सहकारी अभियानको सकारात्मक सहयोग रहने कुरा उनले बताइन्।