काठमाडौं– विश्वकप छनोटको तयारीमा रहेको नेपालले दक्षिण अफ्रिकामा जारी अभ्यास खेलमा स्कटल्यान्डलाई १३६ रनको सामान्य चुनौती दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै २८.५ ओभरमा सबै विकेटको क्षतिमा १३५ रन मात्रै बनाएको हो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २६ बलमा ३७ रन बनाए। त्यस्तै, आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए।
बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा नेपालले झिनो लक्ष्य दिएको हो। नेपालका भीम सार्कीले आठ, ज्ञानेन्द्र मल्लले सात, कप्तान रोहित कुमार पौडेलले शून्य, आरिफ शेख र गुल्सन झाले समान ५–५ रन बनाउँदा सोमपाल कामीले तीन र करण केसीले चार रन बनाए।
दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालले नेदरल्यान्ड्सँग अब अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाल विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बाब्वे प्रस्थान गर्नेछ।