काठमाडौं– नेकपा एमालेले मनोनीत गरेको १३ जना केन्द्रीय सदस्यहरुको शपथ ग्रहण गराएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन्।
गत शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले एकीकृत समाजवादीबाट एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।
आज अध्यक्ष ओलीले नेता न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई शपथ गराए।
कार्यक्रममा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरु सहभागी थिए।