काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद रघुजी पन्तले बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्लामा केन्द्रित भएको भन्दै आलोचना गरेका छन्। त्यसरी खन्याउने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा पनि परेको बताए।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पन्तले प्रधानमन्त्री सिंगो मुलुकको हुन नसकेको बताए। ुबजेटमा ग्वाम्म हात हालेको छ‚ नुवाकोटमा घोप्ट्याएको छ । बजेटमा हात हालेको छ‚ गोरखामा घोप्ट्याएको छ,ु उनले भने, ुअर्को छेउमा तिमीहरूले मात्रै घोप्ट्याउने? यो सबै जुटाइदिने त मैं हुँ भनेर मादल बजाएर बसिरहेका डडेलधुराका बुढा, उनकहाँ पनि घोपट्याइदिया छ‚ लौ ला त नि भनेर। अरु सबै हेर्या हेर्यै।
मन्त्रालयगत विनियोजनमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो निर्वाचन क्षेत्र मात्रै हेरेको पन्तको भनाइ छ। बजेट अन्य निर्वाचन क्षेत्रका लागि आवश्यकताका आधारमा विनियोजन गर्नुभन्दा पनि गोरखा, नुवाकोट र डडेलधुरा केन्द्रित हुँदा सत्तापक्षका सांसदहरू पनि असन्तुष्ट रहेको पन्तले बताए। जनताका लागि र अरु निर्वाचन क्षेत्रको लागि बजेट आएको छैन। सत्तापक्षका सांसदहरूले भन्न सक्नुहुन्न तर भित्रभित्रै यसले ठिकै भन्यो है भन्ने लागिरहेको छ,उनले भने।
प्रधानमन्त्री देशका लागि हुनुपर्नेमा दाहालले आफूलाई त्यसरी उभ्याउन नसकेको पन्तको भनाइ थियो। देशको प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्रै प्रधानमन्त्री हुँदैन। बजेट खन्याएर मात्रै चुनाव जितिने भए चितवन छोडेर गोरखा किन जानुपर्थ्यो? आफैँ विचार गर्नुस्,ु उनले भने, ुदेशका मान्छेहरूले नेता खोजेका छन्। जसले देशलाई नेतृत्व दिन सक्छन्। सपना दिन सक्छन्। त्यो सपनामा डोर्याउन सक्छ, त्यो सपनाको लागि समर्पित भएर लागेको छ। हामीलाई चाहिएको त प्रधानमन्त्री हो। एउटा क्षेत्रको लागि मात्रै हो प्रधानमन्त्री? देशको प्रधानमन्त्री हो। उसले त देशका लाखौं लाख मानिसलाई हेर्नुपर्छ।
बजेट दिशाहीन रहेको पनि पन्तको भनाइ थियो। यो बजेटले कहाँ पुर्याउँछ भन्नेमा आशंका रहेको उनले बताए।