महाशाखा भन्छन्- मनसुन भित्रिन समय लाग्ने भएकाले अझै गर्मी बढ्छ - Chaitanya News
  • 2026-11-16
  • 08:20:03
  • सोमबार,मंसिर ०१, २०८३
  • महाशाखा भन्छन्- मनसुन भित्रिन समय लाग्ने भएकाले अझै गर्मी बढ्छ

    महाशाखा भन्छन्- मनसुन भित्रिन समय लाग्ने भएकाले अझै गर्मी बढ्छ

    काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने भएको हो।

    मौसमविद् विनु महर्जनका अनुसार यसपालि मनसुन केही ढिला हुने देखिएको छ। सामान्यतया जुन १३ देखि नेपालमा मनसुन भित्रिने भए पनि यसपालि केही ढिला हुने सम्भावना रहेको बताइएको छ। मनसुन सक्रिय नभएकाले पनि गर्मी बढेको उनले बताइन्।

    महाशाखाले विशेष बुलेटिन जारी गर्दै आगामी केही दिनसम्मको तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने बताएको छ।

    तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा ‘लू’को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।