काठमाडौं– राष्ट्रिय सभाका सांसद् वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन्। एमालेले ७० वर्षे उमेरहद हटाएपछि गौतमले यस्तो बताएका हुन्।
सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रको एकतामा प्रक्रिया नपुगेको भन्दै पुरानै अवस्थामा फर्काएपछि गौतम नेकपा एकता अभियानका नाममा गतिविधि गर्दै आएका छन।
नेकपामा रहँदै गौतमलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनीत गरेकी थिइन्। बुधबार गौतमलाई एमालेका केही सांसदले एमालेमा फर्किन लगातार अनुरोध गरेका थिए।
एमालेले वामदेवकै लागि ७० वर्षे उमेरहद हटाइएको उनीहरूको भनाइ थियो। यद्यपि, उनीहरूको अनुरोध अनौपचारिक थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर पार्टी निर्देशन जारी गर्दै ७० वर्षे उमेरहद हटाएका थिए।
सूर्य थापालगायत सांसदले ु७० वर्षे उमेरहद तपाईंकै लागि हटेको हो, तपाईं आउनुपर्यो भन्दै एमालेमा फर्कन गरेको आग्रहमा गौतमले आफू एमालेमा आउन तयार रहेको तर केपी ओलीले भन्नुपर्ने बताएका हुन्।
यसबीचमा केपी ओलीसँग तीनपटक भेट भएको, तर उनले आफूलाई पार्टीमा फर्कनेबारे केही नभनेको उनको भनाइ थियो। जवाफमा उनले भने, ‘एमालेले उमेरहद हटाएको मुकुन्द न्यौपानेजीका लागि हो, मेरो लागि होइन।’
थापाले पार्टीको नियम एकजना व्यक्तिका लागि मात्र नहुने भन्दै सबैका लागि हुने बताएका थिए। जवाफमा गौतमले भने, ‘तपाईं आफैँ गएर भन्दिनुस् न त, म आउन तयार छु, कसैले त बोलाउनु त पर्यो नि