काठमाडौं– नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ।
आज दिउँसो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको निधन भएको हो। केही समय अघिदेखि बिरामी रहेका चौधरी संविधानसभाका पूर्व सदस्यसमेत हुन्।
२०४८ सालमा राष्ट्रिय सभामा सदस्य बनेका चौधरी २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए।
उनका द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल,नेपालको तराई तथा यसका भूमिपुत्रहरू, थारू भाषाको पहिलो गीति नाटक छारु,थारू भाषामा लिरौसी व्याकरण लगायत थुप्रै पुस्तक प्रकाशित छन्।