एसियाडका लागि दुई पुरुष र दुई महिला खेलाडी छनोट - Chaitanya News
  • 2026-06-06
  • 12:05:42
  • शनिबार,जेठ २३, २०८३
  • एसियाडका लागि दुई पुरुष र दुई महिला खेलाडी छनोट

    एसियाडका लागि दुई पुरुष र दुई महिला खेलाडी छनोट

    काठमाडौं– चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पौडीमा चार खेलाडी छनोट भएका छन्। नेपाल पौडी सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट भएका हुन्।

    छनोट हुनेमा पुरुषतर्फ एलेक्जेण्डर गादेगार्ड शाह र नासिर याह्या हुसेन तथा महिला तर्फ गौरीका सिंह र डुवाना लामा हुनुहुन्छ। एलेक्सले ६९२ फिना अङ्क प्राप्त गर्नुभएको थियो। नासिरले ६६४ अङ्क, गौरीका र डुवानाले समान ५८६ अङ्क प्राप्त गर्नुभएको थियो।

    सङ्घले वैकल्पिक खेलाडीको रूपमा पुरुषतर्फ विकास कुमाल र महिलातर्फ अनुशिया तण्डुकार छनोट हुनुभएको छ र कुमालले ६०६ फिना अङ्क र अनुशियाले ५२८ अङ्क प्राप्त गर्नुभएको थियो।

    चार खेलाडीले जापानको फुकुओकामा असार २९ देखि हुने पेरिस ओलम्पिक २०२४ को छनोट च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नुहुनेछ।