काठमाडौँ–गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर मण्डलामा आन्दोलनरत समूहलाई भेटेका छन्। बुधवार अपरान्ह गृहमन्त्री श्रेष्ठले माइतीघरमा आन्दोनरत विभिन्न समूहलाई भेटेका हुन्।
माइतीघरमा केही दिनयता सहकारी पीडित, चुरे संरक्षणको माग गर्ने समूह र लघुवित्त विकासको माग गर्र्दै आएको समूहलाई भेटेका हुन्। भेटका क्रममा गृहमन्त्री श्रेष्ठले आन्दोलनरत समूहका गुनासा सुनेका थिए।