काठमाडौँ — कांग्रेसका सांसद बिमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा लामो बोलेर समय खर्चिएको भन्दै टिप्पणी गरेका छन्। विषयवस्तु बुझिने गरी नभएर असान्दर्भिक विषयमा नै बोलेर ओलीले संसद्को समय खर्चिएको निधिको भनाइ थियो।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा मंगलबार ओलीले झन्डै २ घण्टा बोलेका थिए। ओलीले राम्रो प्रतिपक्षको भूमिका निर्वाह गरे पनि कुरा बुझाउन नसकेको निधिको भनाइ थियो।
संसदीय प्रणालीप्रति साच्चिकै प्रतिबद्ध हुन थाल्नुभएको छ। प्रतिपक्षको भूमिका साच्चै निर्वाह गर्दै हुनुहुन्छ। प्रतिपक्षको भूमिका सत्तापक्षको नीति तथा कार्यक्रम, बजेटलाई कुनै पनि हालतमा समर्थन गर्न हुँदै हुँदैन। त्यो राम्रै गर्नुभएको छ,ु उनले भने, ुधेरै बेर पर्खिएँ म पनि, स्वयं प्रतिपक्षको बेन्चतिर हेरेँ। समय जति बित्दै गयो उहाँहरू (प्रतिपक्षी दलका सांसद) निदाउन थाल्नुभएको थियो। ताली बजाउन पनि बिर्सिनुभएको थियो।
ओलीले २ घण्टा संसद्मा बोलेको नबुझेकाले त्यसप्रति कुनै टिप्पणी नगर्ने निधिको भनाइ थियो। मैले त केही पनि बुझ्न सकिनँ। प्रतिपक्षी दलको नेताले भन्नुभएको थियो मैले बोलेपछि जवाफ दिनुहोला, मैले जवाफ दिन लायक केही पनि पाएको छैन। त्यसकारणले केही पनि जवाफ दिन्न उहाँको विषयमा,उनले भने।
ओलीले बजेटमाथि बोल्नका लागि राम्रो होमवर्क गरेको निधिको भनाइ थियो। उनले अर्थमन्त्री प्रकाशशरण महतले अहिलेको वास्तविक आर्थिक धरातलमा टेकेर बजेट ल्याएको पनि बताए । भिएर बजेट ल्याएको।