अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ : ओली - Chaitanya News
  • 2026-11-16
  • 04:09:57
  • आइतबार,कार्तिक ३०, २०८३
  • अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ : ओली

    अर्थमन्त्रीलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ : ओली

    काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अर्थमन्त्रीले दिएको जवाफमा संकाको सुविधा दिन सकिने बताएका छन्।

    अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा पहिलो सहभागी बनेका नेता ओलीले करका दरमा भने प्रश्न रहेको बताए।

    “अर्थमन्त्रीले जवाफ दिनेक्रममा कसम खानु भएन। कसम खानेहरु बडा खतरनाक हुन्छन्,” ओलीले भने, “त्यसकारण अर्थमन्त्रीज्यूलाई ‘बेनिफिट अफ डाउट’ दिन सकिन्छ।

    उनले अर्थमन्त्रीको भनाइबाट त्यस्तो देखिए पनि करका दर हेर्दा भने संका गर्न सकिने बताए। एक हजार १०० गाडी एक दिनअघि भित्रिएको भन्दै त्यसले संका जन्माएको बताए।