बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे अर्थमन्त्री डा.महतसँग एमालेले गर्‍यो जवाफ माग - Chaitanya News
  • 2026-11-16
  • 04:08:22
  • आइतबार,कार्तिक ३०, २०८३
  • बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे अर्थमन्त्री डा.महतसँग एमालेले गर्‍यो जवाफ माग

    बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे अर्थमन्त्री डा.महतसँग एमालेले गर्‍यो जवाफ माग

    काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जवाफ माग गरेको छ।

    मंगलबारको प्रतिनिधिसभाको बैठकमा सुरुमै समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो माग गरेका हुन्। अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्ने र चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति गठन गरेर जानुपर्ने उनको भनाइ छ।

    अर्थमन्त्रीज्यूले रोष्ट्रममा आएर चित्तबुझ्ने गरी जवाफ दिनुप¥यो। हामीलाई चित्त बुझेन भने संसदीय छानबिन समिति बनाएर यसलाई छानबिन गरेर अगाडि बढ्नपर्छ भन्ने पक्षमा हामी छौं’, उनले भने।

    बजेट निर्माणको चरणमा ११ सय भन्दा बढी विद्युतीय गाडीहरु भित्रिएको र त्यसबाट करिब ९३ करोड राज्यलाई नोक्सान भएको उल्लेख गर्दै उनले अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गरे।