यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै - Chaitanya News
  • 2026-06-06
  • 12:04:21
  • शनिबार,जेठ २३, २०८३
  • यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै

    यू-२० महिला एसियन कपमा नेपाल र म्यानमार भिड्दै

    काठमाडौं –  ए.एफ.सी यू-ट्वेन्टी महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणको खेलमा मंगलबार नेपालले म्यानमारविरुद्ध खेल्दैछ ।

    यो खेल नेपाली समय अनुसार मंगलबार साँझ पौने ६ बजे म्यानमारको यांगोनस्थित थुवुन्ना स्टेडियममा हुनेछ ।

    म्यानमारलाई उसकै मैदानमा हराएर प्रतियोगिताको सुखद सुरुआत गर्ने नेपालको योजना छ । फिफा वरियतामा महिलातर्फ म्यानमार ४७ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा छ ।

    छनोटको दोस्रो चरणमा समुह ‘बि’ मा नेपाल र म्यानमारसँगै चीन र चाईनिज ताइपेइ पनि छन् । चिन विश्व वरियताको १३ औं स्थानमा छ भने चाइनिज ताइपेई ३७ औं वरियतामा छ ।

    प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको हो ।