पूर्वअर्थमन्त्री कार्कीले भने् : कोभिड नियन्त्रण र विकास निर्माणमा ओली सरकार असफल थियो - Chaitanya News
  • 2026-11-16
  • 03:56:05
  • आइतबार,कार्तिक ३०, २०८३
  • पूर्वअर्थमन्त्री कार्कीले भने् : कोभिड नियन्त्रण र विकास निर्माणमा ओली सरकार असफल थियो

    पूर्वअर्थमन्त्री कार्कीले भने् : कोभिड नियन्त्रण र विकास निर्माणमा ओली सरकार असफल थियो

    काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओली सरकार कोभिड नियन्त्रण र विकास निर्माणमा असफल भएको बताएका छन्।

    सोमबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै कार्कीले देउवा सरकारले कोभिड नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्।

    कोरोनाको समयमा ओली सरकारले कसरी काम गर्‍यो, त्यसमा फेरि विवेचना गरौंला। तर, कोरोना महामारीलाई नियन्त्रण गर्न ओली सरकार जसरी असफल भयो त्यसैगरी विकास निर्माणका लागि पनि असफल भयो। कोरोनाको समयमा माननीय शेरबहादुर देउवाजीले सफल लिँदै गर्दा मुलुकको लक्षित जनसंख्याको पहिलो डोज लिने ११ प्रतिशत थिए। दोस्रो डोज लिने ४.७ प्रतिशत थिए,” उनले भने, “त्यस बेला सरकारको प्राथमिकतामा माननीय शेरबहादुर देउवाले खोप, खोप, खोप भनेर उच्चारण गर्नु भएको थियो। उहाँले कार्यकाल पुरा गर्दै गर्दा पहिलो डोज खोप लगाउनेको संख्या ९५.७ प्रतिशत नेपाली नागरिकले खोप लगाएका थिए। दोस्रो ८३ प्रतिशत जनताले खोप लगाएका थिए।

    नारा र भाषणले जनताको समस्या समाधान नहुने पनि उनले बताए। कृषिको विकास लागि सरकारले ध्यान दिनुपर्ने पनि बताए।