पछिल्लो २४ घण्टामा ६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि - Chaitanya News
  • 2026-05-02
  • 23:32:29
  • शनिबार,बैशाख १९, २०८३
  • पछिल्लो २४ घण्टामा ६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं– आइतबार कोरोनाका कुनैपनि नयाँ संक्रमण पुष्टि नभएकोमा सोमबार भने नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सोही अवधीमा ५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

    ५ जना कोरोना संक्रमण बाट मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको छ।