राष्ट्रपति पौडेलले गरे थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त - Chaitanya News
  • 2026-11-16
  • 03:56:35
  • आइतबार,कार्तिक ३०, २०८३
  • राष्ट्रपति पौडेलले गरे थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त

    राष्ट्रपति पौडेलले गरे थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त

    काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले अस्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई पपुवा न्यूगिनी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई कोलम्बिया र डेनमार्कका राजदूत रामस्वार्थ रायलाई स्वीडेनको गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

    यसअघि पनि राष्ट्रपतिले विभिन्न देशमा गैरआवासीय राजदूत नियुक्त गरेका थिए। राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।