नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमाले जनवर्गीय संगठनको प्रदर्शन - Chaitanya News
  • 2026-11-16
  • 03:56:15
  • आइतबार,कार्तिक ३०, २०८३
  • नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमाले जनवर्गीय संगठनको प्रदर्शन

    नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमाले जनवर्गीय संगठनको प्रदर्शन

    काठमाडौँ– नेकपा एमाले निकट २३ वटा जनवर्गीय संगठनले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्। ती संगठनले नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै तत्काल खारेज गर्न माग गरे।

    प्रदर्शनकारीहरुले असंवैधानिक नागरिकता विधेयक खारेज गर, संविधानको अवज्ञा गरी नागरिकता बेच्नेहरु हासियार, लिम्पियाधुरा, लिपुलेक, कालापानी बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए। वानेश्वरमा आयोजित कोणसभालाई युवासंघका अध्यक्ष छितिज थेबेले सम्बोधन गरेका थिए।