काठमाडौं– नेकपा एमालेका सचेतक तथा सांसद महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भूमि साटफेर गर्ने अधिकार कसले दियो? भनेर प्रश्न गरका छन्।
सोमवार प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले अन्तर्वार्ताको क्रमममा प्रधानमन्त्रीले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानीलगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति राखेको भन्दै भूमि साटफेर गर्ने अधिकार कसले दियो? भनेर प्रश्न गरेका हुन्।
उनले भने, ‘उहाँले अन्तर्वार्ताको क्रमममा नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा, सुस्ता, कालापानीलगायत विषयलाई सट्टपट्टा गर्न सकिने अभिव्यक्ति दिनुभयो। यो हाम्रो विषय होईन् यो हामीले भनेका होइनौं प्रधानमन्त्रीको मुखबाट आएको विषय हो। म प्रश्न गर्न चाहन्छु नेपालको भूमि सट्टापट्टा गर्ने अधिकार कसले दियो?
सांसद बर्तौलाले प्रधामनमन्त्रीले भूमि साटफेर गर्ने भन्दै दिएको अभिव्यक्तिबारे दिएको जवाफ सदनलाई ढाँटेको दाबी गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यूले रोष्ट्रममा उभिएर सिंगो देश र सदनलाई ढाँट्नुभयो, झूट बोल्नुभयो। उहाँले भनेकै विषयमा हामीले हिजैदेखि विषयवस्तु राखेका थियौं।’