नक्साबारे भारतसँग कुरा भएको छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 04:05:56
  • आइतबार,कार्तिक ३०, २०८३
  • नक्साबारे भारतसँग कुरा भएको छ : प्रधानमन्त्री प्रचण्ड

    नक्साबारे भारतसँग कुरा भएको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं– प्रधानमन्त्री​ पुष्पकमल दाहाल प्रचण्डले नेपालका भूमि समेटिएको भारतको नयाँ संसद् भवनको चित्रबारे कुरा भएको बताएका छन्। तर नयाँ संसद् भवन पुगेर भारतीय प्रधानमन्त्रीसँग हात नहल्लाएको बताएका छन।

    ‘म भारतको नयाँ संसद् भवन पुगेको छैन। देखेको छैन। टिभीमा मात्रै देखिएको हो। नक्सा अगाडि गएर हात हल्लाएको भन्ने झुटो कुरा आएका छन्,’ सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘नक्साको विषयमा कुरा गरें। यो सांस्कृतिक ऐतिहासक हो भन्ने भारतीयको कुरा आयो। यो विषयमा छलफल गर्दै जान सकिन्छ भन्ने कुरा उनीहरूको छ।’

    नेपालको संवेदनशीलता र राष्ट्रियताबारे आफूलाई गहिलो बोध भएको भन्दै नक्साको कुरा प्रष्ट रूपमा गरिएको उनको दाबी छ।

    लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सा सार्वजनिक गर्दा कसरी गरिएको थियो भन्ने स्मरण गर्न पनि उनले आग्रह गरेका छन्।