काठमाडौं– संसदबाट दुई– दुईपटक पारित भएर प्रमाणीकरणका लागि प्रस्तुत नागरिकतासम्बन्धी विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर होल्ड गर्दा संविधान मिचिएको बताएका छन्।
त्यसो गर्दा संविधानको संविधान उल्लंघन भएको प्रचण्डको भनाइ छ। संविधानले अन्य विकल्प नदिएको अवस्थामा पनि विधेयक प्रमाणीकरण नगर्दा संविधान नै क्राइसिसमा गएको प्रचण्डको भनाइ छ।
उनले सदन पनि अविछिन्न उत्तराधिकारवाला संस्था भएको उल्लेख गर्दै विधिसम्मत पारित विधेयकमा अन्यथा नभएसम्म अर्को संसदले अर्को कुरा भन्न नमिल्ने बताए।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पारित नगरेर संविधान मिचेको उल्लेख गर्दै प्रचण्डले सरकार सबभन्दा उपयुक्त बाटोबाट अगाडि बढेको तर्क गरे।