धनुषा– मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानवअधिकारप्रति हामी सबै गम्भीर हुनुपर्ने बताएका छन। औपचारिक क्षेत्रिय सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालयले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार आयोजना गरेको मधेश प्रदेशको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन।
उनले सरकारी साधन स्रोतलाई सीमित जातिमा केन्द्रित गरियो भने विद्रोह हुनेगरेको भन्दै मानवअधिकारका प्रतिपादित सिद्धान्तलाई सबैले पालना गर्नुपर्ने बताए। उनले भने, “समस्यै समस्याले समाज घेरिएको छ। तर ती समस्याले एउटा दिसा पनि दिन्छ।
उनले देश शासन व्यवस्था फेरिएर गणतन्त्र आएपछि जनताले मानवअधिकारको अभाष गरेको भन्दै मानव अधिकारको पूर्ण पालनाका लागि शिक्षामा जोड दिनुपर्ने बताए। उनले शिक्षामा जोड दियौं भने युगान्तकारी परिवर्ततन हुनसक्ने बताए। सभामुख मण्डलले हामी अधिकारको विषयवस्तुमा मात्रै केन्द्रित हुनेगरेको भन्दै अधिकारका साथसाथै दायित्व निर्वाह गर्नेतर्फ समेत हामीले जोड दिनुपर्ने बताए।
कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिबक्ता बिरेन्द्र ठाकुरले मधेश प्रदेशमा मानवअधिकार पालनाको अवस्थामा विगतभन्दा धेरै सुधार भएको बताए। उनले आफु मुख्य न्यायाधिबक्तामा नियुक्त भएपछि प्रदेशका जेल, प्रहरी हिरासतसहितको ठाउँमा अनुगमन गरेको चर्चा गरे।
विगतभन्दा धेरै सुधार भएको अभाष आफुलाई भएको उनको भनाइ छ। सामाजिक सुधारको सुचकांकलाई कायम राख्न मानवअधिकारको पूर्ण पालना जरुरी रहेको उहाँले बताए। धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले मानव अधिकारको उलङ्घन नहुनेगरी स्थानीय प्रशासनले सजग भएर कामकाज गरिरहेको बताए।
इन्सेकका अध्यक्ष कुन्दन अर्यालले नागरिक समाज, मानव अधिकाररक्षक र राज्यवीच मानव अधिकारको रक्षाका लागि काम गर्नेवेला साझेदारीको आवश्यकता भएको बताए। कार्यक्रममा सहभागी भएकाहरुले मधेश प्रदेशमा दलित र पछि पारिएका समुदायहरुले मानव अधिकारसँग सम्बन्धित विभिन्नखालका समस्याहरु भोग्न बाध्य भए पनि राज्यको ध्यान नगएको बताए।
कार्यक्रममा सहभागी धिबक्ता राजकुमार महासेठले राज्यले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्न नसकेको आरोप लगाए। कार्यक्रममा इन्सेकका सप्तरी प्रतिनिधि मनोहर पोखरेललाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो।