काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट ९ जना सरकारी वकिलहरूले बहस गर्ने भएका छन्। आइतवारदेखि काठमाडौं जिल्ला अदालतमा शुरू भएको थुनछेक बहसमा सरकारी वकिलको कार्यालयका तर्फबाट ९ जना वकिलले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख समेत रहेका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने जानकारी दिए।
उनका अनुसार आइतवार सरकारी वकिल महेशप्रसाद खत्रीले बहसको शुआआत गरेका छन्।
खत्रीसँगै जनकप्रसाद घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, सुरबहादुर परियार, प्रकाश घिमिरे, निर्मला मरासिनी, हिरालाल घोलन, दीपा खरालले सरकारको तर्फबाट बहस गर्ने नेउपानेले बताए।
ुहामीलाई तीन दिनको समय दिइएको छ। त्यसमा भ्याउन अलि कठिन नै हुन्छ,नेउपानेले भने, हामीले आफैं मुद्दा चलेको हुनाले मुद्दा अभियोजन गर्ने बेलादेखि नै बहसको तयारी गरेका थियौं। हाम्रो तर्फबाट बहस कमजोर हुने कुरा हुँदैन, राम्रो तयारी गरेर अदालतमा उपस्थित भएका छौं।